सुनको मूल्य घट्यो

डिसी नेपाल
१५ वैशाख २०८२ ११:४३
1.1k
Shares

काठमाडौं। आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ।

आइतबार प्रतितोला एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ घटेर रु एक हजार ९७० कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *