अदालतको अवहेलना मुद्दा : सर्वोच्चले माग्यो गगनको लिखित जवाफ
काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेय संयुक्त इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो।
गत बिहीबार थापाले ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए।
उक्त आरोपपछि आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment