दश वर्षपछि कम्युनिष्ट पार्टी धरासायी बन्ने डा. गोपाल दहितको निष्कर्ष

डिसी नेपाल
१७ वैशाख २०८२ ७:२३
228
Shares

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विपन्न उत्थान समन्वय विभाग संयोजक डा. गोपाल दहितले ‘गरिवलाई धनी बनाउने’ लक्ष्य बोकेको प्रतिवेन प्रस्तुत गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको उपस्थितिमा मंगलबार डा. दहितले ‘गरिवलाई धनी बनाउने’ प्रस्तावसहितको प्रतिवेदन तयार गरेका हुन्।

उनले आगामी दश वर्षभित्र ‘भिजनेरी प्लान’ समेत प्रस्तुत गरेका छन्। उनले आगामी दश वर्षमा सबै नागरिक शिक्षित बनाउनु पर्ने, युवा पुस्ताले कम्प्युटर चलाउन सक्नुपर्ने, इन्टरनेटको पहुँचमा पुग्नुका साथै प्रविधिमैत्री बनाउनु पर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।

उनले आगामी दश वर्षमा कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक पार्टी धरासायी भइसक्ने र उनीहरुको विचार समाजवाद र पुँजीवाद उन्मुख भइसकेको हुने प्रतिवेदनमा उल्लेख गरेका छन्।

डा. दहितले आगामी १५ वर्षमा वयस्क सबै नागरिक स्वरोजगार, सरकारी वा निजी क्षेत्रको रोजगार हुने र बेरोजगार कोही पनि रहन नहुने उल्लेख गरेका छन्।

५६ पृष्ठ लामो प्रतिवेदन उनले सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन्। डा. दहितको सो प्रतिवेदन उत्कृष्ट रहेको भन्दै सभापति देउवा, महामन्त्री गगन थापा, पूर्व उपसभापति विजयकुमार गच्छदारलगायतले तारिफ गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *