कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने
काठमाडौं। कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने भएका छन्। हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका एन्सेलोट्टीले यस सिजनको अन्त्यसँगै क्लब छोडे लगत्तै उनी ब्राजिलको राष्ट्रिय प्रशिक्षक बन्न सहमत भएका हुन्।
समाचार अनुसार एन्सेलोट्टीले जुनको पहिलो सातादेखि ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन । जसअनुसार उनको नेतृत्वमा अब ब्राजिलले २०२६ को विश्वकप खेल्नेछ।
६५ बर्षीय एन्सेलोट्टी पछिल्लो पटक सन २०२१ देखि रियल म्याड्रिडको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१३ देखि २०१५ सम्म पनि रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारीमा थिए। रियल म्याड्रिड बाहेक उनले युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, बायर्न म्युनिख, नापोली र एभर्टनको प्रशिक्षकको भूमिका निभाइसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment