गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत : कमल थापा

डिसी नेपाल
१८ वैशाख २०८२ १६:३१
64
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन्।

अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नभएको भन्दै थापाले उदास, हतास र निराशालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएकोमा जोड दिए। १६३ औँ श्रमिक दिवसको अवसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पूर्ण राजाबादी, हिन्दुबादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे।

वर्षा मौसम शुरु हुनु अगावै हामिले आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए।

सम्पूर्ण श्रमिकहरुमा बधाई शुभकामना दिँदै थापाले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे। कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रन्जितकार लगायतले बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.