विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

डिसी नेपाल
२२ वैशाख २०८२ १८:४७
256
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटर प्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी रु पाँच लाख ६० हजार रकम हिनामिना गरेको आयोगको दावी थियो।

सो मुद्दामा विशेष अदालतले यही २०८१ वैशाख २४ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो। उक्त फैसला कानुन सम्मत् नभएको दाबी गर्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *