करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
२१ साउन २०८३ २०:२४

काठमाडौं। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ६४७ किलोसहित दुई जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका-१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन्।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकलाई जाँच गर्दा लुकाईछिपाई ल्याइएको ४८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेश र सहचालक तुलारामलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *