जागिरको प्रलोभनमा दुई युवती भारत लैजान खोज्ने युवक पक्राउ
वीरगञ्ज । राम्रो जागिरको प्रलोभन देखाई दुई जना नेपाली युवतीलाई भारततर्फ लागिरहेका एक जना युवकलाई वीरगञ्जस्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका-२ का वर्ष २४ का रोजन भुजेल रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्राले बताएका छन्।
वीरगञ्ज शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेका दुई जना युवतीलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो।
दुबै युवतीलाई जिल्ला प्रहरी कार्यालय वीरगञ्जमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा साथैमा रहेका भुजेलले हेटौंडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिएको एसपी मिश्राले बताए।
आरोपी भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment