विद्यार्थी बोकेको स्कुल बसमा आगलागी
बुटवल । रूपन्देहीमा विद्यार्थी बोकेको निजी विद्यालयको बसमा आगलागी भएको छ।
शुद्धोधन गाउँपालिका-४ फर्साटिकरस्थित लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको विद्यार्थी बोकेको बसमा बिहीबार बिहान आगलागी भएको हो।
बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको प्रहरीले जनाएको छ। आगलागी हुँदा बसमा विद्यार्थी रहे पनि स्थानीयले मिलेर विद्यार्थीको उद्धार गरेका थिए।
प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment