सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । काठमाडौंसहित विभिन्न चार स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार राजधानीको तीनकुनेस्थित सडकमा बा.३ ख ७०६२ नम्बरको बसले बा.प्र.०१-०२६ च २९२७ को भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर धोबीघाट बस्ने नुवाकोट घर भएकी २३ वर्षीया नगिना तामाङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीस्थित सडकमा भमरपुराबाट जनकपुरतर्फ जाँदै गरेको ना.६ त ४८१६ नम्बरको ट्याक्टरमा प्र.२-०२-००१ प ७०८१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका-३ मडै बस्ने ७० वर्षीय शिवशरण यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ।
यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङगानगरस्थित सडकमा डिङगानगरबाट ड्राईभरटोलतर्फ जाँदै गरेको लु.५५ प ७५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४३ वर्षीय हरि थापा मगरको मृत्यु भएको छ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो।
कपिलवस्तुको वाणगंगा नगरपालिका-८ श्रृङघाटखोलास्थित सडकमा पनि श्रृङघाटखोलाबाट मधुवनतर्फ आउँदै गरेको लु.४ त १६२६ नम्बरको ट्याक्टरमा लु.२ त ४४१६ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका-४ कालाबन्जर बस्ने ५५ वर्षीय लोखै थारूको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले लु.२ त ४४१६ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार लु.४ त १६२६ नम्बरको ट्याक्टर चालकको खोजी गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment