विश्वकप एसिया छनोट: नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ।
थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङकङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो। यससँगै दुवै टोलीले समान एक-एक अंक बाँडेका छन्।
नेपालले अब आफ्नो दोस्रो खेल यही वैशाख २९ गते हङकङसँग खेल्नेछ। क्वालिफायरमा आयोजक थाइल्यान्डसहित नेपाल भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन्। जसलाई तीन समूहमा विभाजन गरिएका छन्।
नेपाल समूह ‘सी’ मा परेको छ। नेपालको समूहमा हङकङ र बहराइन छन्। यसैगरी समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुवेत छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन्।
समूह चरण डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले आआफ्नो समूहमा रहेका टिमसँग दुई पटक खेल्नेछन्। समूहको शीर्ष टोली सुपर तीनमा प्रवेश गर्नेछन्। सुपर तीनबाट लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment