माओवादीविरुद्ध अनेक भ्रम छर्ने षड्यन्त्र भएका छन् : प्रचण्ड

डिसी नेपाल
२७ वैशाख २०८२ ११:०७
168
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गतिर फर्किएर समाजवादी क्रान्तिको संकल्प गरेपछि यसको नेतृत्वविरुद्ध भ्रम छर्ने तत्व सल्बलाएको बताएका छन्।

२५औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु क्रान्तिकारी आदर्श र निष्ठातिर फर्किन खोज्दा मूल नेतृत्वकाविरुद्ध अनेकखाले भ्रम फैलाउन खोजिएको बताए।

अध्यक्ष प्रचण्डले भने–हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातिर अगाडि लैजाने चुनौति हाम्रो अगाडि छन्। ती चुनौतिवरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो वर्ग समुदायलाई केन्द्रित गरेर समाजवादतर्फको क्रान्तिकारी तयारी गर्न खोज्दा प्रतिक्रियावादीहरु,संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने र अनेकखाले भ्रमहरु छर्ने किसिमका षडयन्त्र भएका छन्।

अध्यक्ष प्रचण्ड पछिल्लो पटक टेरेस रिसोर्टमा लडेको सन्दर्भमा विभिन्न समाचार आइरहेका बेला उनले यसलाई मुख्य नेतृत्वविरुद्ध भ्रम छर्ने प्रयास भनेका हुन्। प्रचण्डले सबैखाले घेरा तोडेर माओवादीले नयाँ क्रान्तिको तयारी गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.