तीनकुने घटनामा सरकार प्रतिसोधमा प्रस्तुत भयो : कमल थापा

डिसी नेपाल
२७ वैशाख २०८२ १७:१७
76
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा भएको घटनाको आवरणमा सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका छन्।

राप्रपाका नेता रविन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पुगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरि झुटा मुद्धा लगाएको भन्दै सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका हुन्।

सवैको बयान सकिएको अवस्थामा पनि वर्तमान सरकारले उनीहरूमाथि अनेकौ झुटा मुद्दा लगाउने दुष्प्रयास गरिरहेको र ४३ दिनदेखि थुनामा राखिरहेको उनले बताए। अध्यक्ष थापाले उक्त घटनामा पक्राउ गरेकालाई छिटो भन्दा छिटो रिहा गर्न माग गरे।

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी नभएको उनले बताए। मिश्रलगायतका नेताहरु चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.