राजतन्त्र कालमा आफुलाई फ्रिमा ४ बर्ष थुनेको प्रधानमन्त्रीको भनाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई ४ बर्ष अनाबश्यक थुनामा राखेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले १० बर्षमा मुद्दा सकिएको भए पनि थप ४ बर्ष अनावश्यक थुनेको बताएका हुन् ।
‘१० बर्षमा मुद्दा सकियो तर थप ४ बर्ष फ्रिमा थुनिदियो, थुनिने म आफैँ साक्षी रहेको छु,’ उनले भने ।
उनले गत १५ चैतमा भएको राजावादी आन्दोलनको नेतृत्व् र त्यसको जिम्मेवारी लिन कोही अघि नआएको पनि उनले बताए । ‘चैत १५ गतेको आन्दोलनको नेतृत्व बेवारिस भएको छ, तपाई हो नेतृत्वकर्ता हो भन्दा होइन, अहिले म होइन, म होइन् भन्छन्,’ उनले भने, ‘के दिक्क लाग्यो भनेर जडिबुटीले आफैँ आगो लगाएर आत्महत्या गरेको हो?’
उनले केही दिन अघि राजावादीको भेलामा ‘राजासँग नमिले भाग्ने दिन आउँछ’ भन्ने भनाई प्रति पनि टिप्पणी गरेका छन् । ‘जनताले यसअघि नै फालेको प्रतिगामीहरूलाई ल्याउनका लागि राजासँग नमिले भाग्नु पर्छ भन्ने अभिब्यक्ति सुने, म त पाको भएँ, कहाँ भाग्न सक्छु र रु नेपाली जनतालाई ललकार्ने नेपाली जनता भाग्दैन, भाग्दै भाग्दैन । हामी पाका मान्छे कहाँ भाग्ने रु भाग्ने त तपाई युवाहरु सक्नुहुन्छ, हामी बुढापाका भाग्न सक्दैनौ, हामी भाग्दैनौं ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment