चालू आर्थिक वर्षका योजना टुंगोमा पुग्ने गरी काम गर्नुपर्नेमा मन्त्री सिंहको जोड

डिसी नेपाल
२८ वैशाख २०८२ १६:४२
28
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयोजना टुंगोमा पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखसँग चालू आर्थिक वर्षका कामबारेको समीक्षा बैठकमा उनले सम्पन्न गर्न सकिने योजनाको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराए। कुनै पनि आयोजनामा केही समस्या भए त्यसलाई समाधानका लागि सहरी विकास मन्त्रालयले समन्वय गर्ने तर काममा ढिलाई स्वीकार्य नहुने बताए।

‘अब कुनै पनि बहाना चल्दैन। जनताले डेलिभरी चाहेका छन्। हामीले डेलिभरी दिनैपर्छ। काममा कहाँ कहाँ समस्या छ, समाधानका लागि मन्त्रालयको तहबाट गर्ने समन्वय हुन्छ,’ उनले भने, ‘तर, कामहरू सन्तोषजनक देखिएको छैन। कामको गति बढाउनुस्। आयोजना छिटो सम्पन्न गरौं।’

गत शुक्रबार बसेको समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामको गति बढाउने लिखित कार्ययोजनासहित आउन भनेका थिए। आज विभागिय प्रमुखहरूले आफ्नो कार्यालयले प्राप्त गरेको उपलब्धि र चालू कामबारे जानकारी गराएका थिए। अहिले कामको प्रगति कम देखिएपनि अब गति बढाउने बताएका छन्।

उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको भन्दै समीक्षा बैठकमा भएकाकुरालाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरी काम गर्न पुन: सचेत गराएका छन्। सहरी विकास मन्त्री सिंहले मन्त्रायल र मातहतका विभागबाट हुने काम समयमै सक्ने गरि गर्नुपर्नेमा जोड् दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.