नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ। आइतबार बसेको राष्ट्रियसभा बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो। योसँगै सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ।
वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो।
नीति तथा कार्यक्रमका आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment