अर्थतन्त्रलाई बलियो बनाउने गरि आगामी आर्थिक वर्षको बजेट तयार भइरहेको छः अर्थमन्त्री
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरि आगामी आर्थिक वर्षको बजेट तयार भइरहेको बताएका छन्।
सोमबार सिंहदरबारमा आगामी आर्थिक बर्षको बजेट तर्जुमाका लागि नेपाल चेम्बर अफ कमर्शका तर्फबाट प्रस्तुत सुझाव ग्रहण गर्दै पौडेलले अर्थतन्त्रको शिथिलता चिर्न वर्तमान सरकार सुरुदेखि नै गम्भीर भएको भन्दै अब अर्थतन्त्रलाई बलियो बनाउने गरि आगामी आर्थिक वर्षको बजेट ल्याइने बताए।
उनले सरकारको प्रयासका कारण आर्थिक सूचकहरु सकारात्मक लयतर्फ अघि बढेको उल्लेख गरे। निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी आयोगको प्रतिवेदन आइसकेको अवस्थामा त्यसका सुझावका आधारमा आगामी नीति तय गरिने उनले बताए। निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको भन्दै पौडेलले चेम्बरका सम्भव र उपर्युक्त भएसम्मका सुझावहरु बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै अर्थमन्त्रीलाई सुझाव प्रस्तुत गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले खुला सीमाका कारण चोरी पैठारी नियन्त्रण गर्न, भन्सारका दर घटाउदै लैजानुपर्ने बताए। उहाले विद्यमान ४० र ३० प्रतिशत भन्सार दरलाई खारेज गरि अधिकतम २५ प्रतिशत कायम गर्न सुझाव दिए।
अध्यक्ष अग्रवालले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने, बाँझो जमिनलाई लिजको व्यवस्था, माटोपरिक्षण गरि नमूना सामुहिक कृषि फार्मको बिकास गर्नुपर्ने लगाएका सुझाव दिए।







डिसी नेपाल








Facebook Comment