राजाले बुढो हातीलाई युद्धमा लैजान छोडे

डिसी नेपाल
१२ भदौ २०७६ ८:१२
8
Shares

काठमाडौं। एउटा लोक कथाका अनुसार एक जना राजासँग निकै शक्तिशाली हाती थियो। राजा युद्धमा जाँदा आफ्नो प्रिय हातीलाई सँगै लिएर जान्थे। हातीले राजाको सबै कुरा मान्थ्यो। त्यही हातीका कारण राजाले कयौं युद्ध जितेका थिए। समयक्रम सँगै हाती बुढो भयो।

त्यसो हुनाले राजाले हातीलाई युद्धमा लैजान छोडे। राजाले आफ्ना सेवकलाई हातीको हेरचाह गर्ने जिम्मेवारी दिए। अब विहान बेलुका हातीको राम्रो हेरचाह हुन थाल्यो। तर हाती युद्धमा जान नपाएका कारण उदास हुन थाल्यो।

एक दिन हाती तलाउमा पानी पिउना जाँदा हिलोको दलदलमा फस्न पुग्यो। निकै कोशिश गर्दा पनि हाती त्यो दलदलबाट निस्किन सकेन। हाती जोर जोरको कराउन थाल्यो। हाती हिलोमा फसेको सूचना सुन्ने वित्तिकै राजा तत्काल त्यहाँ पुगे। सैनिकहरुले धेरै कोशिश गर्दा पनि हाती निकाल्न सकेनन्। राजाले आफ्नो मन्त्रीलाई बोलाए। मन्त्रीले त्यो हातीलाई राम्रोसँग बुझेका थिए।

मन्त्रीले राजालाई युद्धमा बज्ने ढोल बजाउन भने। मन्त्रीको कुरा मानेर राजाले ढोल बजाउन सुरु गरे। ढोलको आवाज सुनेर हाती तत्काल उढ्यो र आफ्नो सम्पूर्ण शक्ति लगाएर हिलोबाट बाहिर निस्किने कोशिश गर्न थाल्यो। केही समय मै हाती हिलोबाट बाहिर निस्कियो।

हाती कसरी हिलोबाट बाहिर निस्कियो भनेर राजा चकित परे। तब मन्त्रीले राजालाई भने–यो हाती युद्धमा तपाइँसँग जान्थ्यो। अहिले तपाइँले यसलाई युद्धमा लैजान छाड्नु भयो। त्यसो हुनाले यो निकास भयो र जीवनमा कुनै उत्साह नै भएन। हिलोमा फसेपछि हिम्मत हारेको थियो। यसले ढोको आवाज सुनेपछि फेरि युद्धमा जान पाइने भयो भनेर सोच्यो। राजालाई मेरो आवश्यकता छ भन्ने सोच्यो। यही सोचेर यसको हौसला आयो र बाहिर निस्कियो।’

यो कथाबाट के शिक्षा पाइन्छ भने जबसम्म हाम्रो जीवनमा उत्साह हुन्छ, तबसम्म हामी सफलता प्राप्त गर्न सक्छौं। यस कारण जीवनमा उत्साह बनाइ राख्नुपर्छ। कहिल्यै निराश हुनुहुँदैन। कुनै पनि काम उत्साहसाथ पूरा गर्नुपर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *