१८ वर्षदेखिको अफगानिस्तानको युद्ध समाप्त हुन्छ?

डिसी नेपाल
१२ भदौ २०७६ ८:५३

बीबीसी। तालिबानले कतारमा अमेरिकासँग भइरहेको वार्ता सकारात्मक रहेको र चाँडै राम्रो समाचार सुन्न पाइने बताएको छ। यदि अमेरिका र तालिबानबीचको शान्ति वार्ता सफल भयो भने अफगानिस्तानमा १८ वर्षदेखिको जारी संघर्ष समाप्त हुने अनुमान गरिएको छ। यो अफगान शान्ति वार्ताको पहिलो चरण हो दोस्रो चरण यसपछि सुरु हुनेछ।

यसको परिणाम के हुन्छ भने अमेरिकी सुरक्षा बल अफागानिस्तान छोड्ने एउटा योजना राख्छन्। दुवै पक्ष मिलेर अमेरिकी सेना यहाँबाट कहिले निस्किने भनेर तय गर्नेछन्। त्यसपछि तालिबानले अफगानिस्तान भविष्यमा अन्य कुनै देशका खतरा पैदा नगर्ने र अलकालय जस्ता आतंकवादी समूहसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता जनाउनेछ।

यी दुई विषयमा विगत करिव एक वर्षदेखि तालिबान र अमेरिकाबीच शान्ति वार्ता चलिरहेको छ। र, अहिले वार्ताको नवौं चरण चलिरहेको छ। यी दुई विषयमा आगामी केही दिनभित्रै एउटा उम्झौता हुने आशा छ। त्यसपछि तालिबान र अन्य अफगानी आपसमा बसेर अफगान शान्ति वार्ताको दोस्रो चरण सुरु गर्नेछन्।

दोस्रो चरणको वार्तामा अफगान सरकारमा पनि सहभागी हुनेछ। एउटा टोली तालिबानको हुनेछ भने अर्को टोली काबुलबाट आउनेछ। काबुलको टोलीमा वर्तमान सरकारका सदस्य बाहेक नागरिक समाज र राजनीतिक दलका प्रतिनिधि पनि हुनेछन। यो एक प्रकारको समावेशी प्रतिनिधिमण्डल हुनेछ।

यी दुई पक्षबीचको वार्ता कति समयमा पूरा हुन्छ भन्ने तय भइसकेको छैन्। यो एउटा जटिल विषय पनि हो। किनभने दुवै पक्षबीच  अफगानिस्तानको भविष्य र व्यवस्था कस्तो हुने, निर्वाचनको भूमिका आवश्यक पर्ने नपर्ने भन्ने विषयमा छलफल हुनेछ। त्यस बाहेक महिला हक अधिकार र नागरिक स्वतन्त्रताका विषयमा पनि निर्णय लिइनेछ।

दोस्रो चरणको वार्तामा अमेरिकाको भूमिका महत्वपूर्ण हुनेछैन। अमेरिका मात्र पर्यवेक्षकको भूमिका रहनेछ।  विगत १८ वर्षमा पहिलो पटक सबैपक्ष अफगानिस्तानको समस्या सैन्य बलबाट संभन नहुनेमा सबै पक्ष पुगेका छन्। अफगानिस्तानको समस्या वार्तामार्फत समाधान गर्न सबै पक्ष सहमत भएका छन्।

अब मुख्य चुनौती के छ भने कसरी स्थानीय र क्षेत्रीय शक्तिको सहयोग र समर्थन प्राप्त गर्ने? किनभने अफगानिस्तानमा यो लडाइँ मात्र अफगानिस्तानमा मात्र सीमित छैन, यो क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम बनेको छ।

अर्को चुनौती भनेको कुन हदसम्मको सम्झौता गर्न दुवै पक्ष सहमत हुन्छन्? तालिबानका लागि ठूलो विषय अफगानिस्तानमा विदेशी सुरक्षाकर्मीको उपस्थिति हो। जब यो समस्या समाधान हुन्छ, तब अफगानिस्तानभित्र घरेलु संवादको ढोका खुल्छ।

बीबीसी संवाददाता दिलनवाज पाशासँग गरिएको कुराकानीको आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *