देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन्।
गुल्मीको छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन्।
रौतहटको बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन्।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment