देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन्।
गुल्मीको छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन्।
रौतहटको बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन्।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comment