नेपाल हङकङसँग ७ विकेटले पराजित

डिसी नेपाल
३० वैशाख २०८२ १७:०५
644
Shares

काठमाडौं। नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग सात विकेटको हार बेहोरेको छ।

मंगलबार थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो। हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए। नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल तयार पारेको थियो। नेपालका लागि सम्झाना खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कप्तान इन्दु बर्मा ९ र रुबिना क्षेत्री चार रनमा अविजित रहे। पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *