सर्लाही र झापामा गरी दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका-८ स्थित उखु खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै झापाको दमक नगरपालिका-४ मंगल टोल बस्ने ३५ वर्षीय खगेन्द्र दर्जी कमल गाउँपालिका-३ केर्खाचोकस्थित खेल मैदानको मञ्चको भवनको चेन्जिङ रूम भित्र मंगलबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment