सर्लाही र झापामा गरी दुई जनाको शव फेला

डिसी नेपाल
३० वैशाख २०८२ १७:५०

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-८ स्थित उखु खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै झापाको दमक नगरपालिका-४ मंगल टोल बस्ने ३५ वर्षीय खगेन्द्र दर्जी कमल गाउँपालिका-३ केर्खाचोकस्थित खेल मैदानको मञ्चको भवनको चेन्जिङ रूम भित्र मंगलबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *