हालको राजनीतिक व्यवस्था समस्या होइन : बस्नेत

डिसी नेपाल
१ जेठ २०८२ १४:१९
28
Shares

काठमाडौं । पूर्वमन्त्री शक्क्ति बहादुर बस्नेतले अहिलेको राजनीतिक व्यवस्था समस्या होइन तर हाम्रो आर्थिक र सामाजिक व्यवस्था बलियो नहुनु समस्या रहेको बताएका छन्।

बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको व्यवस्था समस्याको कारण नभएको भन्दै यस्तो धारणा राखेका हुन्।

‘यो राजनीतिक व्यवस्थामा समस्या होइन्। राजनीतिक व्यवस्थाले खोजेको आर्थिक र सामाजिक व्यवस्था हुन नसक्नु समस्याको प्रमुख कारण हो। हामीले यसको समस्याको हल खोज्नुपर्नेछ। नारा त धेरै छन्। नाराले मात्र कहा काम गर्दैन्। समृद्धि नेपाल सुखी नेपाली भन्दिएर मात्र कहाँ हुन्छ? सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा गरेर मात्र हुदैन,’ उनले भने।

उनले अहिलेको समस्या व्यवस्था नै भएको भन्दै यसलाई उल्टाउनु पर्छ भनेर घोषित रुपमा लागेका केही व्यक्ति लागेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *