रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधीशद्वय चुडाल र श्रेष्ठको इजालासमा
काठमाडौं। बिगत दुई महिनादेखि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुँदैछ।
मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुँदैछ।
गत बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो।
जस अनुसार बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। उनलाई आज पनि अदालतमा उपस्थित गराइँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment