तनहुँमा कारको ठक्करबाट एक युवतीको मृत्यु
सांकेतिक तस्बिर
डुम्रे । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment