दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने

डिसी नेपाल
४ जेठ २०८२ १७:०४
200
Shares

काठमाडौं । विवादस्पद व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन्।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

सो क्रममा अदालतले राज्यविरुद्धको कसुरमा थप चार दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.