प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएकोमा त्यो रोकिएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको जनाएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment