प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखिएको समस्या के हो?

डिसी नेपाल
६ जेठ २०८२ ११:३१
8.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

उनलाई रुघाखोकी संक्रमण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोमबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको सचिवालयको भनाइ छ।

स्वास्थ्यमा समस्या देखिएसँगै आज प्रधानमन्त्री ओलीको सांसदसँगको प्रश्नोत्तर कार्यक्रमसमेत स्थगित भएको छ।

संसद् सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यसूची राखेको थियो।

स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको थियो।

यो पनि पढ्नुहोस्,

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *