आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन् : सुमना श्रेष्ठ

डिसी नेपाल
६ जेठ २०८२ १२:०५
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन्।

उनले भनिन्, ‘मिटरब्याजीहरूको न्याय कहिले पाउछन्। तर पीडितलाई पीडित बनाइएको छ। कति समय अझ आन्दोलन गराइरहने? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्था गर्ने राज्यको यो कस्तो नीति हो?’

यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरूलाई न्याय दिनुपर्ने माग गरेकी छन्।

उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ। मिटरब्याजी पीडितहरूको समस्या यसरी समाधान हुँदैन। आफ्नो पार्टीको साहु जोगाउन पीडित माथि राजनीति नगरौं। मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरौं। मिटरब्याजी पीडितहरूलाई न्याय दिनुपर्‍यो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *