मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
६ जेठ २०८२ १४:०५
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। छलफलपछि ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

नियमित रुपमा सोमबार बस्नुपर्ने बैठक अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्यलाई कारण देखाउँदै स्थगित गरिएको थियो।

आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *