रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
काठमाडौं। थुनामुक्त गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा राखिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बाँकी बहस बुधबार हुनेछ। ६ पटक हेर्न नमिल्ने भएको उक्त रिटमा मंगलबारदेखि सुनुवाइ सुरु भएको छ।
हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।







डिसी नेपाल








Facebook Comment