डिआइजी सिद्धिबिक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

डिसी नेपाल
६ जेठ २०८२ २०:५५
444
Shares

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धिबिक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले मंगलबार शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा सिफारिसमाथि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।

हाल रहेका एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ ११ बाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने पदमा शाहलाई सिफारिस गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *