संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
काठमाडौं । आज संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बुधबार डा.सि के राउतको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको जनमत पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए ।
यादवका अनुसार बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुनेछ ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा।सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment