रवि लामिछानेको रिटमा सुनिवाइ जारी, आजै आदेश आउन सक्ने

डिसी नेपाल
८ जेठ २०८२ ११:४९
1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनु्वाइ जारी छ।

न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनिवाइ आज पनि निरन्तर चलिरहगेको हो । बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकोले यो रिटमाथि सुनुवाइ भएको थिएन ।

रविको रिटसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्धको रिट पनि साथमै राखेर सुनुवाइ भइरहेको छ । दुवै पक्षको बहस सकिए आजै आदेश आउने सम्भावना छ। सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.