काठमाडौं भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले भृकुटीमण्डपमा ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ।
चाडपर्व (दशैं—तिहार) लाई लक्षित गरी सञ्चालन भइरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेनअन्तर्गत असोज २२ देखि २९ गतेसम्म यो कार्निभल सञ्चालन हुनेछ।
कार्निभलमा पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल लिन चाहने ग्राहकका लागि २२ भन्दा बढी मूल्य निर्धारणकर्ता (भ्यालुएटर) बाट बाइकको उचित मूल्यांकन गराउने व्यवस्था मिलाइएको छ। यसका साथै आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा सहज फाइनान्सको सुविधासमेत उपलब्ध गराइएको छ।
केवल मोटरसाइकल खरिद र बिक्रीमा मात्र सीमित नभई, महोत्सवमा ‘शो योर पावर’ लगायतका विभिन्न मनोरञ्जनात्मक तथा सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएका छन्।
मोटरसाइकल पारखी तथा ग्राहकलाई दसैँ-तिहारको विशेष अवसरमा उत्साहपूर्ण अनुभव प्रदान गर्ने र नयाँ बजाज मोटरसाइकलतर्फको यात्रालाई थप सहज एवं आकर्षक बनाउने उद्देश्यले यो मेला आयोजना गरिएको कम्पनीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment