कृषिलाई प्राथमिकता मात्र नभइ बजार सुनिश्चित गर्नुपर्छ : चालिसे

डिसी नेपाल
८ जेठ २०८२ १६:५८
80
Shares

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसे आगामी योजनामा कृषि क्षेत्रलाई प्राथमिकता मात्र दिने नभनी बजार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै समितिका सभापति चालिसेले कृषि क्षेत्रको विकासका लागि बजारको सुनिश्चता हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘अब हामीले कृषि, पर्यटन, विद्युत, आइटी र उर्जामा जोड दिनुपर्छ भनेर सबैले जोड दिनुभएको छ। तर कृषी क्षेत्रलाई ध्यान दिने मात्र भनेर कुनै अर्थ छैन्। कृषि क्षेत्रको रुवाबासी हेरेका छौं। किसानले बैंकबाट ऋण लिएर गाई पाल्छ तर दुध विक्री नभएर पोख्ने अवस्था छ। बजारको सुनिश्चता छैन्। तरकारी रोप्दा भारतबाट आएको तरकारी कारण फाल्न परेको छ।’

उनले तरकारीलगायत उपभोग्य कृषि उपजको बजारको मूल्य १५ दिन अगाडि नै तोकिनुपर्ने बताए।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयहरू सम्बन्धमा छलफल गरएको थियो।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले यस्ता विषयमा हरेक मन्त्रालयमा छलफल गरिनुपर्ने बताए। यस्ता छलफलले समस्याको समाधान निकाल्न सहज हुने धारण राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *