शान्ति सुरक्षामा सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
९ जेठ २०८२ १२:४४
392
Shares

जनकपुर। गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठि उद्घाटन गर्दै मन्त्री लेखकले शान्ति सुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरुलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए।

उनले बिकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए। १० बर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थीति कमजोर भएकाले बिकासका काम अवरुद्ध भएको उनले बताए।

सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गरे।

उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले बिपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने जोड दिए। बिपद् प्रतिकार्यमा सुरक्षा निकायको भुमिका महत्वपूर्ण रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *