हुम्लामा हिमताल फुटेको स्थानमा पुग्यो प्रहरी (तस्बिरहरू)
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्धार टोली पुगेको छ।
गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँदेखि माथि रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा रहेका गाउँमा क्षति पुर्याएको एक सातापछि नेपाल प्रहरी उक्त स्थानमा पुगेको हो।
प्रहरीका अनुसार लघु जलविधुत् पावर हाउस, पानी घट्ट, तिला गाउँ र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङकी, सिचाई कुलोसमेतमा क्षती भएको तथा खोला नारमा रहेको तिलगाउँ बस्ती रहेको जमिन चर्किन गई बसोबास गर्न जोखिमयुक्त रहेको जनाएको छ।
प्रहरी टोली खटिई गाउँमा रहेका जोखिम युक्त घरधुरीका मानिसलाई उपलब्ध श्रोतसाधनको प्रयोग गरी सुरक्षित ठाउँमा स्थानतरण गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment