अवैध समानसहितको ट्रक प्रहरी नियन्त्रणमा

डिसी नेपाल
११ जेठ २०८२ १६:१४
192
Shares

रौतहट । सर्लाही प्रहरीले अवैध समानसहितको एक ट्रकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले आइतबार बिहान बागमती नगरपालिका १२ चेकपोष्टबाट ट्रकलाई नियन्त्रणमा लिएको हो।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार बुटवलबाट विराटनगरका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९४६० नम्वरको ट्रकलाई नियन्त्रणमा लिइएको हो।

ट्रकमा लोड भएका समानको प्रज्ञापन पत्र नभएको र कतिपय समानको भ्याटबिल समेत नभएको पाइएको उनले जानकारी दिए।
ट्रकबाट औषधि, मेसिन, हार्डवेयर, जिरा पाउडर, कस्मेटिक, टायर, हेल्मेट, मोटर पार्टस्, ब्याट्री, र किचेनका समान बरामद भएको उनले उल्लेख गरेका छन।

बरामद गरिएको ४७ लाख ९७ हजार ५०१ रुपियाँ बराबरको समान र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *