बलम्वुमा निर्माणधीन फ्लाइओभरको काम अन्तिम चरणमा

डिसी नेपाल
१२ जेठ २०८२ १३:४०
504
Shares

काठमाडाैं। काठमाडौंको बलम्वुमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।

बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ।

निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउनका लागि बलम्वुमा फ्लाइओभर निर्माण गरिएको हो। दुई लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको रहेको छ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन फ्लाईओभरको निरीक्षण गरेका थिए। त्यसक्रममा उनले सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने जनाए।

त्यस्तै बलम्बु-सिस्नेखोला सुरूङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ।

सोही मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गराउने मन्त्रालयको तयारी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.