भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवामाथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए।
उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भइहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आइरहेको छ। यो कुनै सामान्य भ्रष्ट्रचारको घटना मात्र होइन्। यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरूमाथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो।’
यस्तै, उनले अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए।
उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिँदैन। अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ। यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडि कसरी पठाउनु भयो के साच्चि मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment