एनआरएन सल्लाहकार डा. हेमराज शर्मासहित आदी दर्जन नेताहरु कतारमा

डिसी नेपाल
१३ भदौ २०७६ १०:४४

दोहा। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने निर्वाचनमा मतदाताहरुको मन जित्न एनआरएन नेताहरु विश्व दौडाहमा छन्।

यसैक्रममा शुक्रवार हुने गैरआवासीय नेपाली संघ कतारको अधिवेशनमा भाग लिन गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा सहितको टोली विहीवार दोहा उत्रिएको छ।  शर्माले गैरआवासीय नेपाली साथीहरुलाई भेट्ने अपेक्षा सहित सप्ताहब्यापी मध्यपूर्व क्षेत्रका देशको भ्रमणमा निस्किएको बताए।

यस्तै संघका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी कुमार पन्त समेत विहीवार साँझ दोहा पुग्दैछन्। अधिवेशनलाई संघका अर्का उपाध्यक्ष कुल आचार्य महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्वोधन गर्ने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *