एनआरएनए स्पेन अध्यक्षमा पेशल कोइरालाको उम्मेद्वारी

डिसी नेपाल
१३ भदौ २०७६ ११:५७
16
Shares

बार्सिलोना। सदस्य कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका पेशल कोइरालाले आगामी कार्यकालका लागि एनआरएनए स्पेन अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

कोइरालाले गैर आवाशीय नेपाली संघ स्पेनमा बीगत लामो समयदेखि लगातार सदस्य (२०१३–२०१५), कोषाध्यक्ष (२०१५–२०१७), उपाध्यक्ष (२०१७–२०१९) मा रही पदीय जिम्मेवारी वहन गरिसकेका छन्।

सरल, सहयोगी र समाज सेवालाई निरन्तरता दिँदै आएका कोइरालाले विगतको अनुभवलाई थप उर्जाकासाथ संस्थामा समर्पित गर्ने तथा स्पेनस्थित नेपाली समुदायको एकता र हितमा अनवरत रूपमा लाग्ने प्रण गर्दै एनआरएनए स्पेनको अध्यक्षमा उम्मेद्वारी दिएको बताए।

आगामी कार्यकाल (२०१९–२०२१) का लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका कोइरालाले स्पेनमा रहेको नेपाली समुदायको सेवामा समर्पित हुने चाहनालाई बिगतमा जस्तै बिश्वास गरी संस्थाको नेतृत्व गर्ने आफ्नो चाहनालाई अमूल्य मत दिइ नेतृत्वमा पुर्याउनलाई आग्रह गरेका छन्।

कोइरालाले स्पेनमा निकै राम्रो छवि बनाएका छन्। स्पेनलगायत युरोपका विभिन्न ठाउँमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न अग्रसर हुने छवि बनाएका कोइरालाले आगामी कार्यकालका लागि आफ्नो उम्मेवारीलाई स्पेनमा रहेका गैर आवाशीय नेपालीको चाहना भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *