अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

डिसी नेपाल
१५ जेठ २०८२ १५:५८
352
Shares

काठमाडौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन्।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन्।

पाँच उद्देश्य

१.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने।
२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने।
३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने।
४.सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने।
५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने।

सात प्राथमिकताहरू

१.उद्यमशीलता
२.रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि,
३.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
४.सामाजिक क्षेत्रमा गुणात्मक सुधार
५.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
६.नागरिकमैत्री सेवा
७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.