दुई जना मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
बागलुङको गलकोट नगरपालिका-३ हटियास्थित सुस्मिता गेष्ठ हाउसको १०१ नम्बरको कोठामा पर्सा कालिकामाई गाउँपालिका-२ घर भएका ५६ वर्षीय सुबोध कुमार कुशवाहा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै रूपन्देहीको ओमसतिया गाउँपालिका-२ पुनमपथ बस्ने ३७ वर्षीय प्रितम क्षेत्री आफ्नै घरको ट्वाईलेट भित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment