दुई जना मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
बागलुङको गलकोट नगरपालिका-३ हटियास्थित सुस्मिता गेष्ठ हाउसको १०१ नम्बरको कोठामा पर्सा कालिकामाई गाउँपालिका-२ घर भएका ५६ वर्षीय सुबोध कुमार कुशवाहा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै रूपन्देहीको ओमसतिया गाउँपालिका-२ पुनमपथ बस्ने ३७ वर्षीय प्रितम क्षेत्री आफ्नै घरको ट्वाईलेट भित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment