इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ

डिसी नेपाल
१७ जेठ २०८२ ११:३९
252
Shares

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन्।

पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको भन्दै यसले नेपाली खेलकुद क्षेत्रमा एउटा उत्साह थपेको बताए।

उनले भने, ‘जेष्ठ १५ गते नेपाल सरकारले आफ्नो बजेट प्रस्तुत गरेको छ। इतिहासमै पहिलो पटक नेपाली खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको छ। यो नेपाली खेलकुद क्षेत्रको लागि एउटा उत्साहजनक विषय हो। हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ।’

यस्तै, उनले पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माणाधीन रहेको भन्दै यसमा विगत वर्षहरुको भन्दा तेब्बर बढाएर बजेट प्रस्ताव गरिएको बताए।

उनले भने, ‘पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माणाधीन रहेको छ। आउने वर्षमा विगत वर्षहरुको भन्दा तेब्बर बढाएर प्रस्ताव गरिएको छ। विस्तृत बजेटको खाका आउँदा तपाईंहरूले थाहा पाउनुहुने छ।’

पोखरा रंगशालाको नियमित स्तरउन्नतीका काम यस वर्ष पनि चालु रहेको भन्दै आवश्यक अनुसार थप हुँदै जाने पनि उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *