गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने

डिसी नेपाल
२० जेठ २०८२ ८:१९
984
Shares

काठमाडौं। आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकार बिच मध्यरातमा सहमती भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबिच सहमति भएको हो।

मध्यरातमा दुई पक्ष बीच सहमति भएपनि मंगलबार बिहान सम्म सडकमा सावर्जनिक यातायातका साधन चलेका छैनन्। गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।

उनका अनुसार मध्य रातमा सरकार र व्यवसायीबीच गठन भएको संयुक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी गराउने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जानकारी दिने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति भएको छ ।

‘यो सबै प्रक्रिया पूरा हुन आज दिनभरजसो समय लाग्न सक्ने भएकाले अहिलनै गाडी नचलाएका हौं । जति चाँडो गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी दिन्छ । हामीले पनि त्यही अनुसार गाडि चलाउन अनुमती दिन्छौं,’ उनले भने । यातायात व्यसायीले यसअघि आन्दोलन घोषणा गर्दा मागमा राखेका सात ओटै बुँदा सम्बोधन हुनेगरी समहती भएको स्वाँरले बताएका छन् ।’

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी प्रयोजनका लागि दर्ता भएका चार पांग्रे र दुई पांग्रे सवारी साधनलाई समेत सावर्जनिक यातायात सरह यात्रु बोक्न पाउने गरी नियमावली जारी गरेको थियो ।

सोही अनुसारको व्यवस्था अन्य प्रदेशले समेत अपनाउने भएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए। व्यवसायीले आन्दोलनका कारण सोमबार दिनभर यात्रुहरुको बिचल्ली भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.